२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण |

सर्लाहीको लालबन्दीमा ५ वर्षअघि भएको नेकपा माओवादी नेता कुमार पौडेलको हत्या घटनामा तत्कालीन उच्च पदस्थ व्यक्ति मुछिएका छन्।

पौडेलमाथि २०७६ असार ५ गते सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका थिए। तत्कालीन सरकारले यसलाई ‘इन्काउन्टर’ भनेर प्रस्तुत गरेको भए पनि राष्ट्रिय मानवअधिकार आयोगको छानबिनले सो घटनालाई नियतवश गरिएको हत्या अर्थात् ‘फेक इन्काउन्टर’ ठहर गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध अनुसन्धान गर्न आदेश दिएको छ।

अनुसन्धानको सूचीमा सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राउत, प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डीआईजी हरिबहादुर पाल, तत्कालीन एसपी गोपाल भट्टराई, इलाका प्रहरी कार्यालय लालबन्दीका निरीक्षक किरणप्रसाद न्यौपाने, कृष्णदेवप्रसाद साह, इलाका प्रहरी कार्यालय नवलपुरका नायब निरीक्षक सूर्यकुमार कार्की, जिल्ला अस्पताल मलंगवाका डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी हवल्दार सत्यनारायण मिश्र र विनोद शाह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा रहेका छन्।

सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले कम्तीमा १० जनाविरुद्ध औपचारिक कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउनेछ। यस प्रक्रियाले उच्चपदस्थ कर्मचारी र सुरक्षाकर्मीहरूलाई जवाफदेही बनाउने नजिर पनि स्थापित गर्ने अनुमान गरिएको छ।

पीडित परिवारले पाँच वर्षसम्म दबिएको यो फाइल पुनः खुलेपछि न्यायको आशा जागेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय