२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाहले प्रधानमन्त्री बन्ने क्रममा अपनाएको शपथ ग्रहण विधिप्रति असन्तुष्टि जनाएका छन्।

खनालले आफ्नो फेसबुक पोष्ट मार्फत बालेनले “साइत हेरेर शपथ ग्रहण गर्ने” परम्परा अपनाएको प्रति आलोचना गरेका हुन्। उनले लेखेका छन्, “यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन, हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन।”

उनले थप्दै भनेका छन् कि उनीहरूले साइत हेरेर पदभार ग्रहण नगरे पनि, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भएको बताएका छन्। उनले लेखेका छन्, “तर इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !”

रास्वपाबाट प्रधानमन्त्री हुन लागेका बालेनले चैत १३ गते धार्मिक परम्परा अनुसार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ। शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्ति–शान्ति वाचन गर्ने, १०८ जना बौद्ध भिक्षुले शुभ–मंगल पाठ गर्ने र ७ वटा शंखबाट शंखनाद गरिने व्यवस्था छ।

यो शपथ ग्रहण कार्यक्रममा परम्परा र धार्मिक विधिलाई प्राथमिकता दिँदै रास्वपाले एकल सरकार गठन गर्ने तयारी गर्दैछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय