२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले शिक्षामा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा सांसदको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षामा बढ्दो राजनीतिकरणले विश्वविद्यालयदेखि विद्यालय र प्राविधिक शिक्षासम्म असर पारेको बताए। “शिक्षामा राजनीतिकरण हटाउनुपर्छ। राजनीतिकरणले विश्वविद्यालय, विद्यालय शिक्षा, प्राविधिक शिक्षा अस्तव्यस्त बनाएको छ। यो सबै हटाउनुपर्छ,” उनले भने।

पुनले नेपालमा विज्ञान तथा प्रविधिको विकासका लागि अनुसन्धान केन्द्र र नवप्रवर्तन केन्द्र आवश्यक रहेको उल्लेख गरे। उनले यसतर्फ आफू प्रतिबद्ध रहेको बताउँदै भने, “नेपालमा विज्ञान प्रविधिको विकासका लागि अनुसन्धान केन्द्र, नवप्रवर्तन केन्द्र चाहिन्छ। कसैले वास्ता गरेन भने पनि त्यसका लागि मरिमेटेर लाग्छु।”

उनले सहकार्यमा विश्वास गर्ने भन्दै सबै राजनीतिक दलसँग मिलेर काम गर्ने धारणा पनि व्यक्त गरे। “जुनसुकै दलसँग पनि सहकार्य हुन्छ। झगडा गर्दिनँ। मिल्छु। काम गर्छु। राम्रो काम गर्नेलाई सहयोग गर्छु,” उनले बताए।

पुनको भनाइले शिक्षामा सुधार, अनुसन्धान र सहकार्यको माध्यमबाट अगाडि बढ्ने उनको प्राथमिकता स्पष्ट गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय