२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले संयम अपनाउनुपर्ने अवस्थामा हतारमा प्रतिशोधपूर्ण निर्णय गरेको टिप्पणी गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीपछि बोलाइएको आकस्मिक सचिवालय बैठकमा सहभागी हुन च्यासल पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै कानुनी राज्य र विधिको शासन कायम हुनुपर्नेमा जोड दिए। उनले नयाँ जनादेश प्राप्त गरेको सरकारले देशलाई संयमतापूर्वक अघि बढाउनुपर्ने भए पनि त्यसअनुसार काम नभएको संकेत गरे।

भट्टराईले भने, “नयाँ जनादेश पाएको सन्दर्भमा मुलुकलाई कसरी संयमताका साथ अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्ने थियो, तर सरकारले प्रतिशोधी निर्णय गर्‍यो। हामीले बनाएका संविधान र कानून छन्, त्यसको पालना हुनुपर्छ। कानुनी राज्य र विधिको शासन कायम रहनुपर्छ।”

पत्रकारले ‘पहिलेजस्तो सडकमा टायर बालेर विरोध गर्ने कार्यक्रम हुन्छ कि हुँदैन’ भन्ने प्रश्न राख्दा भने उनले कुनै प्रतिक्रिया जनाएनन्।

यसैबीच, भट्टराईले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटो रोज्नुपर्छ। कानुनी राज्य र विधिको शासनको उपहास स्वीकार्य छैन। घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ।” उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दै उनीहरूको अविलम्ब रिहाइको माग समेत गरेका छन्।

भट्टराईले बालेन्द्र सरकारलाई जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न पनि सचेत गराएका छन्। साथै, पार्टीले कानुनी र राजनीतिक दुवै माध्यमबाट अगाडि बढ्ने र संयम तथा धैर्यताका साथ एकताबद्ध भएर परिस्थितिको सामना गर्ने उल्लेख गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय