२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) परीक्षण गर्नुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीसहित मन्त्री र सांसदहरूको समेत नियमित रूपमा मापसे जाँच गरिनुपर्ने उल्लेख गरेका हुन्।

उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जिम्मेवारी र आचरणसँग जोडिएको विषय भएकाले यस्तो जाँच आवश्यक रहेको बताएका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री लगायत सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक रूपमा गरिनु पर्दछ, सांसदहरूको पनि गर्नुपर्छ, देशको स्वास्थ्यका लागि यो अनिवार्य छ।”

उनको यो अभिव्यक्तिले सार्वजनिक पदधारीहरूको व्यवहार र अनुशासनबारे बहस सिर्जना गर्ने देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय