२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा नजाने बताएका छन्।

काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट नदिएको स्पष्ट पारे। उनले आफूहरू जनताको म्यान्डेटअनुसार नै अघि बढ्ने बताए।

उनले भने, “जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएका छन्, त्यसैले हामी सोही अनुसार काम गर्नेछौँ।”

सञ्चारकर्मीले देशका लागि राम्रो काम गर्न रास्वपाले सरकारमा बोलाए सहभागी हुने कि नहुने भन्ने जिज्ञासामा उनले सरकारमा नजाने स्पष्ट पारे। उनले राम्रो काम गर्नेलाई आफ्नो पार्टीको सधैँ साथ रहने बताए।

उनले भने, “हामी राम्रो कामलाई साथ दिन्छौँ र नराम्रो कामको सधैँ विरोध गर्छौँ।”

यसै क्रममा उनले रास्वपाबाट बालेन शाहभन्दा रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने धारणा पुनः दोहोर्‍याए।

साम्पाङले प्रधानमन्त्री त्यस्तो व्यक्ति हुनुपर्ने बताए जो प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन सक्षम होस्। उनले भने, “प्रतिपक्षले सोधेको प्रश्नको समय दिएर उत्तर दिन सक्ने व्यक्ति मात्रै प्रधानमन्त्री हुनुपर्छ।”

उनले श्रम संस्कृति पार्टीलाई जनताले अहिले प्रतिपक्षमा बसेर प्रश्न गर्ने भूमिका दिएको बताए। “हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ, र हाम्रो प्रश्नको उत्तर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनुपर्छ,” उनले भने।

चुनावअघि आफूले ‘प्रधानमन्त्री बन्छु’ भनेको विषयमा पनि उनले स्पष्ट पारे। उनले भने, “केपी ओलीले पनि भनेका हुन्, गगन थापाले पनि भनेका हुन्, कुलमानजीले पनि भनेका हुन्, मैले पनि प्रधानमन्त्री बन्छु भनेको हो।”

तर अहिले जनताको मतभन्दा आफ्नो भनाइ ठूलो नभएको उनले स्वीकार गरे। “जनताले प्रधानमन्त्री बनाउने मत दिएनन्, मेरो भनाइले मात्रै प्रधानमन्त्री हुने कुरा हुँदैन,” उनले भने।

उनले आफूहरूलाई जनताले लहर वा आवेगमा नभई सोचेर मत दिएको पनि उल्लेख गरे। “हामीलाई किन प्रधानमन्त्री बनाउने मत आएन भन्ने कुरा जनतालाई नै सोध्नुपर्छ,” उनले भने।

साम्पाङले अन्त्यमा आफू जनता भन्दा माथि नरहेको स्पष्ट पार्दै जनताको निर्णयलाई स्वीकार गर्ने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय