
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सरकार आएपछि अबको महान्यायाधिवक्त्ता को हुने भन्ने विषयमा चर्चा तात्दै गएको छ।
सुशीला कार्की नेतृत्वको सरकारबाट महान्यायाधिवक्तामा नियुक्त सबिता भण्डारीले पदबाट राजीनामा दिएपछि महान्यायाधिवक्ता पद रिक्त छ।
नेपालको संविधानको धारा १५७ अनुसार महान्यायाधिवक्त्तालाई राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति गर्ने सवैधानिक व्यवस्था छ अर्थात् यसमा प्रधानमन्त्रीको सिफारिस निर्णायक हुन्छ।
सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्तिका लागि योग्य हुने संवैधानिक व्यवस्था छ।
संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्त्ता सरकारको प्रमुख कानुनी सल्लाहकार, प्रमुख अभियोजनकर्ता एवं सरकार वादी हुने मुद्दा चलाउने वा नचलाउने भनेर अन्तिम निर्णय गर्ने अधिकारी हो । यो सरकारी वकिलहरूको सर्वोच्च पद पनि हो ।
यी हुन् हाल चर्चामा आएका तिन नाम:
डा. सुभाष आचार्य अधिवक्ता हुन र सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य पनि हुन। उनी हाल ग्लोबल स्कूल अफ लमा प्रधानाध्यापक छन्। उनलाई फौजदारी कानुनको विज्ञ पनि मानिन्छ र उनका विभिन्न पुस्तक पनि प्रकाशित छ्न ।
अधिवक्ता दीपेन्द्र झा पनि लामो समयदेखि मानवअधिकार र संवैधानिक कानुनमा काम गर्दै आएका अधिवक्ता हुन् । झाले रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबी लामिछानेको सहकारी र सम्पत्ति शुद्धीकरण मुद्दाको कानुन व्यवसायी पनि हुन् । पार्टी नेतृत्वसँग निकट मानिने झालाई पनि मुख्य प्रतिद्वन्द्वीको रुपमा हेरिएको छ ।
झाले समोबार कान्तिपुर टेलिभिजनमा प्रशारित रुपेश श्रेष्ठसँगको फायरसाईडमा रास्वपाका सभापति रवि लामिछानेले बालेन्द्र सरकारको महान्यायाधिवक्ताका लागि प्रस्ताव गरेको बताएका थिए।
उनका अनुसार औपचारिक अफर आएको तर आफूले त्यो प्रस्ताव स्वीकार गरिनसकेको भनाइ छ। झाले ‘हार्वर्ड ल स्कुलमा अध्ययनका लागि जानुपर्ने र यस अली छिटो हुन्छ कि भन्ने पनि लागेको साथै अरू केही कारणहरू रहेकाले आफूले नियुक्ति लिने नलिनेबारे निर्णय नगरेको बताएका छन् ।
अधिवक्ता कमल इटानी पनि लेखक र प्राध्यापक रूपमा कानुनी वृतमा चिनिदै आएको नाम हो । उनी हाल काठमाडौं महानगरपालिकामा कानुनी सल्लाहकारको रूपमा काम कार्यरत छन् र उनि तत्कालीन काठमाडौ महानगरपालिकाका मेयर बालेनको कार्यकालमा माहानगरमा कानुनी सल्लाहकार नियुक्त भएका हुन्।
अहिले महान्यायाधिवक्ताका लागि मुख्यत अधिवक्ता डा. सुभाष आचार्य , अधिवक्ता दीपेन्द्र झा र अधिवक्ता कमल इटानीको नाम चर्चा भईरहेको छ । यस विषयमा प्रधानमन्त्री बालेन शाह र रबी लामिछानेबीच छलफल चलिरहेको बताईएको छ।
कमल इटानी प्रधानमन्त्री बालेन नजिक भएको मानिन्छ साथै माहानगरमा संगै काम गरिसकेको र प्रधानमन्त्री बालेनले आफ्नो सचिवालयमा महानगरको पुरानै टिममानै भरोसा गरेकाले इटानीको सम्भावना पनि बलियो रहेको छ ।
आचार्य नेपाली सेना,नेपाल प्रहरीमा समेत कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिसकेका र उनलाई पनि सरकारले महान्यायाधिवक्तामामा चयन गर्न सम्भावना छ ।
उनले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा हाल प्रधानमन्त्री बालेन्द्रको निजी सचिवालयमा कार्यरत सहसचिव प्रदिप परियारको मुद्दाका कानुन व्यवसायी पनि हुन् । परियारविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा आचार्यले उनको पक्षमा वकालत गरेका थिए ।
अब महान्यायाधिवक्त्ता नियुक्ती राजनीतिक सन्तुलनको विषय बन्न पुगेको कानुन क्षेत्रका जानकारहरु बताउछन ।




