२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री |

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षा विगतभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको हो।

यस पटक देशभरका साथै वैदेशिक केन्द्रहरू समेत गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। बोर्डले उत्तरपुस्तिका परीक्षणलाई विकेन्द्रीकृत गर्ने र नतिजा प्रकाशनलाई छिटो बनाउने योजना अघि सारेको जनाएको छ। परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी पनि गरिएको छ।

बोर्डको तथ्यांकअनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षा फारम भरेका छन्। तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा र २ लाख ५४ हजार ८ सय १ छात्र रहेका छन्। साथै ७ जना अन्य लिङ्गी विद्यार्थीहरू पनि परीक्षामा सहभागी भएका छन्। छात्राको संख्या बढी हुनु महिला शिक्षामा पहुँच विस्तार हुँदै गएको संकेतका रूपमा लिइएको बोर्डले जनाएको छ।

यस वर्ष पनि जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। जापानमा रहेका नेपाली विद्यार्थीहरूका लागि स्थानीय समय र नेपालको समयबीच समन्वय मिलाएर परीक्षा सञ्चालन गरिने व्यवस्था गरिएको छ।

देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय