२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला तीन हजार ६०० रुपैयाँले घट्दा चाँदी पनि १६५ रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो भने चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदी चार हजार ८४५ रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज एक औँस सुन पाँच हजार २०० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रति औँस ८५ अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय