
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई पदबाट हटाउने विषयमा छलफल सुरु भएको छ।
महोत्तरी–२ बाट निर्वाचित शाह पछिल्लो समय विभिन्न विवादमा मुछिएपछि उनलाई मन्त्री पदबाट फिर्ता बोलाउने तयारी भइरहेको बताइएको छ।
रास्वपाको अनुशासन समितिले मन्त्री शाहमाथि छानबिन गरिरहेको छ। पार्टीको ‘राइट टु रिकल’ नीतिअनुसार उनलाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
मन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरिएको विषयले विवाद चर्किएको हो। यसअघि २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए।
तर, बोर्ड बैठकमा लगातार अनुपस्थित भएपछि उनलाई निलम्बनका लागि पत्र पठाइएको थियो। त्यसपछि शाह मन्त्री बनेपछि पुनः श्रेष्ठलाई बोर्डमा फर्काइएको विषय सार्वजनिक भएपछि आलोचना बढेको हो।
यस विषयमा आधिकारिक धारणा भने अझै सार्वजनिक भएको छैन।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
