
कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग्रामीण कच्ची सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावति देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा जीपमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
