२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय क्रिकेटर करण केसीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक खेल प्रतिबन्ध र म्याच फी काट्ने निर्णय गरेको छ। विवादित सामाजिक सञ्जाल स्टाटसपछि क्यानले उनीमाथि कारबाही गरेको हो।

क्यानको निर्णयअनुसार करण केसीले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेल गुमाएका छन्। आज नेपाल पुलिस क्लब र मधेस प्रदेशबीचको खेलमा उनी सहभागी भएनन्। उनी नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्।

क्यानले उनको म्याच फी समेत १०० प्रतिशत काट्ने निर्णय गरेको छ। प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा खेलाडीको अभिव्यक्ति खेल भावना विपरीत रहेको उल्लेख गरिएको छ।

करण केसीले हिजो फेसबुकमा अम्पायरहरूलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीको स्टाटस लेखेका थिए। पोस्टमा उनले अम्पायरमाथि गल्ती भएमा कति खेल प्रतिबन्ध हुन्छ भन्ने प्रश्न उठाएका थिए।

उक्त स्टाटसपछि अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो।

करण केसीले विवादपछि उक्त स्टाटस हटाउँदै माफी मागिसकेका छन्। तर अम्पायर संघका अध्यक्ष मोहम्मद सफिकले माफीले मात्र पुग्ने अवस्था नभएको भन्दै क्यानले थप कडा निर्णय लिनुपर्ने बताएका छन्।

क्यानका प्रवक्ता छुम्बी लामाले खेलाडी र अम्पायरबीच देखिएको असमझदारीलाई संघले गम्भीर रूपमा लिएको बताएका छन्। उनले निर्णय  आई.सी.सी आचारसंहिता, खेलाडी सम्झौता र म्याच रेफ्रीको रिपोर्टका आधारमा प्राविधिक समितिसँग छलफल गरेर गरिएको जानकारी दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय