
काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीका लागि उपलब्ध सवारी साधनलाई आलोपालो प्रयोग गर्ने व्यवस्था अन्तर्गत ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन कटौतीपछि देखिएको समस्या समाधान गर्न तथा दीर्घकालीन रूपमा इन्धन प्रयोग घटाउन यस्तो कार्यक्रम लागू गरिएको हो।
उनले विश्वव्यापी रूपमा देखिँदै गएको इन्धन अभावलाई ध्यानमा राख्दै सरकारी कामकाजमा असर नपरोस् भनेर यस्तो निर्णय गरिएको बताएकी छन्।
डंगोलले भनिन्, ‘इन्धनको अभावले भविष्यमा अत्यावश्यक सेवाका लागि समेत समस्या आउन सक्छ, त्यसैले यसको प्रयोग घटाउनु आवश्यक छ।’
महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकमार्फत इन्धन कोटा समेत घटाइसकेको छ।
नयाँ प्रणालीअनुसार बसोबास क्षेत्रका आधारमा कर्मचारीहरूलाई समूहमा विभाजन गरिएको छ। एउटै क्षेत्रका कर्मचारीहरूले आफ्नो निजी वा कार्यालय सवारी साधन आलोपालो प्रयोग गर्दै एकअर्कालाई अफिस ल्याउने र लैजाने व्यवस्था गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
