२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार दुवैजनाको म्याद थप गर्ने आदेश दिएको हो।

अदालतमा अनुसन्धान पक्षले प्रस्तुत गरेको विवरणअनुसार अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको भए पनि बिमा ऐन र धितोपत्र ऐन अन्तर्गतका सम्बन्धित कसुरमा थप अनुसन्धान र राय प्रतिवेदन तयार गर्न समय आवश्यक रहेको उल्लेख गरिएको थियो। सोही आधारमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सात दिन म्याद थप गरिएको अदालतले जनाएको छ।

अदालतको आदेशअनुसार अब दुवै अभियुक्तलाई मिति २०८३ वैशाख ९ गतेदेखि लागू हुने गरी थप सात दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ।

उनीहरूको पक्षबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, लभकुमार मैनाली, सुरेन्द्रकुमार महतो तथा अधिवक्ताहरू रमणकुमार कर्ण, समिरकुमार शर्मा र भावेश गौतमले बहस गरेका थिए।

अदालतमा अनुसन्धान अधिकारीले बाँकी अनुसन्धान कार्य पूरा गरी राय प्रतिवेदन तयार गरेर अभियोगपत्र दायर गर्ने तयारी भइरहेको जानकारी समेत दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय