
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।
संसदीय दलको नेतृत्व सहमतिमै टुंग्याउने उद्देश्यले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले आङ्देम्बेकै नाममा सहमति जुटाउँदा पार्टीभित्र एकताको सन्देश जाने निष्कर्ष निकालेको जनाएको छ । कार्यदलका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति लगभग टुंगिएको छ ।
आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा देखाएका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित तथा पूर्व सहमहामन्त्री हुन् ।
सर्वसम्मत सहमतिसँगै कांग्रेस संसदीय दलको नेतृत्वमा आङ्देम्बे आउने निश्चितजस्तै देखिएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
