२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गरेका छन्। पदबहालीसँगै सर्वोच्च अदालतमा उनको स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रार, उच्चपदस्थ कर्मचारी तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। शर्मालाई सर्वोच्च अदालतको गेटदेखि कार्यकक्षसम्म फूलमाला र खादासहित स्वागत गरिएको थियो। पदभार ग्रहणपछि उनले एउटा निर्णयमा समेत हस्ताक्षर गरेका थिए।

सञ्चारकर्मीसँगको सम्बोधनका क्रममा शर्माको दायाँतर्फ न्यायाधीश कुमार रेग्मी र बायाँतर्फ न्यायाधीश हरि फुयाँल बसेका थिए। त्यसपछि एउटै आसनमा न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश विनोद शर्मा बसेका थिए। कार्यक्रममा अन्य न्यायाधीश, कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो। उपत्यकाका केही जिल्ला र उच्च अदालतका न्यायाधीशहरू पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए।

तर, स्वागत कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने उपस्थित भइनन्। वरिष्ठताको क्रम मिचेर प्रधानन्यायाधीश नियुक्त गरिएको भन्दै मल्लले यसअघि नै असन्तुष्टि जनाउँदै आएकी थिइन्। उनको अनुपस्थितिलाई न्यायालयभित्रको असन्तुष्टिसँग जोडेर हेरिएको छ।

यस्तै, नवनियुक्त प्रधानन्यायाधीश शर्माको शपथ तथा स्वागत कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू पनि सहभागी भएनन्। बारका एक पदाधिकारीले उक्त अनुपस्थितिलाई “सांकेतिक विरोध” का रूपमा व्याख्या गरेका छन्।

बारका ती पदाधिकारीका अनुसार रोलक्रम मिचेर गरिएको नियुक्तिप्रति असहमति कायम रहेको र यस विषयमा बारसँग कुनै परामर्श तथा समन्वय नगरिएको गुनासो पनि रहेको छ।

यसैबीच नेपाल बार एसोसिएसनले मंगलबार नै सर्वोच्च अदालत प्रशासनले रिट निवेदन तथा दरपिठविरुद्धका निवेदन दर्ता नगरेको विषयमा विरोध प्रदर्शन गरेको थियो। बारले “न्याय र विवेकको खोजी” भन्दै दिउँसै लालटिन बालेर प्रदर्शनसमेत गरेको थियो।

प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च अदालतभित्र देखिएको मतभेद र बारको विरोधले न्यायालयको पछिल्लो अवस्थालाई थप चर्चाको केन्द्रमा ल्याएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय