२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाई लाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल को इजलासले जिल्ला प्रहरी कार्यालय पर्सालगायत सम्बन्धित निकायलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

सर्वोच्चले आगामी पेसीमा महान्यायाधिवक्ता कार्यालयमार्फत प्रसाईमाथि भइरहेको अनुसन्धान सम्बन्धी फायल पनि पेश गर्न आदेश दिएको छ।

प्रसाईंलाई प्रहरीले दुई दिनअघि पर्साबाट पक्राउ गरेको थियो। आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै प्रसाईका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो।

उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले पक्राउको आधार र अनुसन्धान प्रक्रिया स्पष्ट पार्न प्रहरीलाई आदेश दिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय