२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ। गएराति महाराजगन्ज र नैकापमा अज्ञात समूहले गाडीमा आगजनी गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ च ३६ नम्बरको टोयोटा कारमा आगजनी भएको हो। त्यस्तै महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा पनि आगो लगाइएको छ।

प्रहरीका अनुसार दुवै घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा फेला परेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले आगजनी गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ। घटनामा संलग्न व्यक्तिको खोजीका लागि प्रहरीले अनुसन्धान सुरु गरेको छ। काठमाडौँ प्रहरीले सीसीटीभी फुटेजको अध्ययन भइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय