२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि दोस्रो खेलमा पनि जित निकाल्दै टी–२० सिरिज क्लिन स्वीप गरेको छ।

शुक्रबार भएको अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। पहिलो खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो।

यस जितसँगै नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ।

मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा अविजित ३९ रन बनाइन्। कविता कुवँरले २० बलमा अविजित १९ रन जोडिन् भने सोनी पाख्रिन १२ रनमा आउट भइन्।

मलेसियाका बलर नुर धानीया र एइसा एलिसाले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो।

नेपालका बलरमध्ये कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए भने पूजा महतो र सिता राना मगरले १–१ विकेट हात पारे।

नेपालको टोली हाल मलेसियामै रहेको छ, जहाँ आगामी एसियन गेम्स छनोट र एसिसी प्रिमियर कपको तयारी भइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय