२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

राष्ट्रिय गौरवको प्रतीक मानिएको काठमाडौंको ऐतिहासिक धरहरा अहिले नाम, रूप र पहिचानकै संकटमा फसेको छ। सुरुमा “धरहरा ” भनेर चिनिएको यो टावरलाई मेयर बालेन शाहले “सेतो टावर” भनेपछि सामाजिक सञ्जालमा चर्चा चल्यो, तर पछिल्लो समय यो संरचनालाई “सेतो टावर” र पछिल्लो समय   “झोले टावर” भनेर गिज्याउने गरिएको छ  इतिहासले बनाएको सम्पदा आज जनमानसको धारणा र डिजिटल संस्कृतिले पुनः परिभाषित गर्दैछ।

धरहरा, जसलाई ऐतिहासिक रूपमा भीमसेन स्तम्भ पनि भनिन्छ, सन् १८३२ मा नेपालका प्रधानमन्त्री भीमसेन थापाले रानी ललित त्रिपुरासुन्दरीको निर्देशनमा निर्माण गराएका थिए। सुन्धारा क्षेत्रमा निर्मित यो टावर सुरक्षाका लागि निगरानी टावरका रूपमा बनाइएको थियो र त्यसैले नागरिक घोषणा तथा सैन्य सूचनाको केन्द्र बिन्दु पनि थियो।

तर अहिले देखिने धरहरा दोस्रो संस्करण हो। पहिलो धरहरा सन् १८२४ मा भीमसेन थापाको दरबारभित्र निर्माण गरिएको थियो तर सन् १८३४ को भूकम्पले त्यसलाई क्षति पुर्‍यायो। त्यसपछि सुन्धारामा दोस्रो धरहरा निर्माण भयो, जुन ९ तले थियो र उचाइ ५० देखि ७२ मिटर को आसपास थियो। यसको डिजाइन मुगल र युरोपेली शैलीको मिश्रण थियो, भित्र सर्पिल भर्‍याङ थियो र टावरको माथिबाट काठमाडौं उपत्यका हेर्न सकिन्थ्यो।

धरहरा समयसँगै विभिन्न विनाशको साक्षी बन्यो।  सन् १९३४ को महाभूकम्प ले यो टावरलाई नराम्रोसँग क्षति पुर्‍यायो  केवल दुई तला मात्र बाँकी रहे। पछि प्रधानमन्त्री जुद्धशमशेर राणा को पालामा टावरलाई पुनर्निर्माण गरिएको थियो।

तर सबैभन्दा भयावह दिन  सन् २०१५ को अप्रिल २५ मा आयो, जब विनाशकारी भूकम्पले धरहरा पूरै भत्कायो। घटनामा ४० भन्दा बढी व्यक्तिको मृत्यु भयो। त्यसपछिका वर्षहरूमा धरहरा शोक र पुनरुत्थानको प्रतीक बन्यो।

सन् २०१८ मा धरहराको पुनर्निर्माण सुरु भयो, जसले परम्परागत स्वरूपसँगै आधुनिक सुविधालाई पनि समेट्यो। २०२१ देखि क्रमशः सर्वसाधारणका लागि खुलाइएको यो टावर २०२४ मा पूर्ण रूपमा उद्घाटन गरियो। नयाँ धरहरामा लिफ्ट, संग्राहलय, भूमिगत पार्किङ र भूकम्प प्रतिरोधी विशेषता थपिएको छ।

यद्यपि यो पुनर्निर्मित धरहरा पुरानै डिजाइनमा आधारित भए पनि यसको सेतो रंग र रूपले जनमानसमा मिश्रित प्रतिक्रिया उत्पन्न गराएको छ ।

“सेतो टावर” देखि “झोले टावर” सम्म 

यो विषय काठमाडौं महानगर प्रमुख बालेन शाह ले सार्वजनिक रूपमा नयाँ धरहरालाई “सेतो टावर” भनेपछि झन चर्कियो  कारण थियो  यसको चम्किलो सेतो रंग र कंग्कृटले बन्यो । नामले सामाजिक सञ्जालमा चर्चा मात्र होइन, विवाद पनि जन्मायो। समर्थकहरूले नयाँ स्वरूपलाई प्रतिबिम्बित गरेको नाम माने, तर आलोचकहरूले ऐतिहासिक सम्पदाको अनादर भने।

र अहिले, नामको यो बहस डिजिटल संसारमा पनि फैलिएको छ। गुगल म्यापमा कोही प्रयोगकर्ताले धरहराको नाम परिमार्जन गरेपछि, त्यो स्थानलाई “झोले टावर” भनेर देख्न थालियो। नाम परिवर्तन कसले र किन गर्‍यो भन्ने स्पष्ट छैन, तर यसले अनलाइनमा हास्यव्यङ्ग्यदेखि गम्भीर चिन्ता समेत उत्पन्न गराएको छ।

आज पनि सरकारी अभिलेखमा यसको नाम धरहरा नै छ, तर यो विवादले नेपालभित्रको सम्पदा संरक्षण, शहरीकरण र डिजिटल यथार्थबीचको द्वन्द्वलाई उजागर गरेको छ। “सेतो टावर” होस् वा “झोले टावर,” यी नामले केवल संरचना होइन, हाम्रो इतिहासप्रतिको नजरिया र भविष्यप्रतिको सोचाइलाई प्रतिबिम्बित गर्छन्।

Sakar Koirala
साकार कोईराला
Website |  + posts

साकार कोइराला  सामाजिक, राजनीतिक तथा कानुनी विषयहरूमा कलम चलाउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय