२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

स्वस्थ जीवनशैलीको अभ्यासका रूपमा दैनिक १० हजार पाइला हिँड्नुपर्ने भनाइ निकै प्रचलित छ। मेडिकल जर्नल The Lancet Public Health मा प्रकाशित एक अध्ययनले दिनहुँ ७ हजार पाइला मात्रै हिँड्दा पनि मुटु रोग, मधुमेह, क्यान्सर र डिप्रेसनजस्ता गम्भीर रोगहरूको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने देखाएको छ।

अष्ट्रेलिया र बेलायतका अनुसन्धानकर्ताहरूको टोलीले तयार पारेको यस अध्ययनमा सन् २०१४ देखि २०२५ को प्रारम्भसम्म प्रकाशित ५७ वटा छुट्टाछुट्टै अनुसन्धानको मेटा–विश्लेषण गरिएको छ। ती अध्ययनमा विश्वभरिका १ लाख ६० हजारभन्दा बढी वयस्कको जीवनशैली र स्वास्थ्य अवस्थालाई समावेश गरिएको थियो।

अध्ययनका अनुसार, दैनिक ७ हजार पाइला हिँड्ने व्यक्तिहरूको मृत्युको जोखिम दिनको २ हजार पाइला मात्रै हिँड्नेहरूको तुलनामा ४७ प्रतिशतसम्म कम हुने देखिएको छ। यस्तै, कार्डियोभास्कुलर (मुटु–नसा) रोगको जोखिम २५ प्रतिशत, टाइप २ मधुमेहको जोखिम १४ प्रतिशत, डिमेन्सिया ३८ प्रतिशत र डिप्रेसनको जोखिम २२ प्रतिशतले कम हुने देखिएको छ।

त्यस्तै, क्यान्सरजस्ता घातक रोगबाट जोगिने सम्भावना ६ प्रतिशतले वृद्धि हुने र अचानक ढल्ने जोखिम पनि २८ प्रतिशतले घट्ने अध्ययनले देखाएको छ।

विज्ञहरूका अनुसार, दैनिक ७ हजारभन्दा बढी पाइला हिँड्न सके अझ बढी फाइदा पुग्छ। विशेषतः शारीरिक गतिविधि बढाउँदा हृदय स्वास्थ्यमा उल्लेखनीय सुधार आउने र हृदयघातको सम्भावना समेत घट्ने बताइएको छ।

अध्ययनकर्ताहरूले दैनिक कम्तीमा ७ हजार पाइला हिँड्न सकिने व्यवहारिक लक्ष्यले धेरै मानिसलाई स्वास्थ्यप्रति सजग बनाउन र सक्रिय जीवनशैली अपनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यदि कसैले नियमित रूपमा १० हजार पाइला हिँड्ने बानी बनाइसकेको छ भने त्यो अझ राम्रो अभ्यास हो, तर ७ हजार पाइला पनि स्वास्थ्य सुधारका लागि पर्याप्त हुने वैज्ञानिक निष्कर्षले देखाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय