२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

रम्परागत सांस्कृतिक पर्व गाईजात्राको अवसरमा आज राजधानीका विभिन्न टोलबाट सांस्कृतिक झाँकी निस्किएका छन्।

नेवार समुदायका घर–घरबाट साना बालबालिकालाई गाईको रूपमा सिँगारेर तथा वास्तविक गाई सजाएर नगर परिक्रमा गराइएको छ। असन, कमलाक्षी, क्षेत्रपाटी, लगन, ओमबहाल, टेकु, महाबौद्ध, नयाँबजार, बागबजार, डिल्लीबजार, कमलपोखरी, नक्साल, चावहिल, बौद्ध, जोरपाटी, साँखु, टोखा, गोकर्णलगायत स्थानहरूबाट निस्किएका झाँकी हेर्न सडकका दायाँ–बायाँ दर्शकको घुइँचो लागेको छ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ। एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूप दिई नगर परिक्रमा गराइन्छ। धार्मिक विश्वास अनुसार यसरी परिक्रमा गर्दा मृत आत्माहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्छन्।

यो पर्वको सुरुवात राजा प्रताप मल्लले पुत्रवियोगमा परेकी रानीलाई संसारमा अरूले पनि शोक बेहोर्नुपर्छ भन्ने देखाउन गराएका थिए। त्यसयतादेखि हास्यव्यङ्ग्य, प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान, र करुण रसका गीतहरू गाउने परम्परा कायम छ।

यस वर्ष पनि हनुमानढोकास्थित राजदरबार हुँदै झाँकी पार गर्ने परम्परा निरन्तर छ। नेपाल प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानलगायत ठाउँमा हास्यव्यङ्ग्यात्मक कार्यक्रमको समेत आयोजना गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय