२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

बागलुङको ताराखोला गाउँपालिका जलविद्युत् उत्पादनको केन्द्रका रूपमा उभिँदै गएको छ। एउटै खोलामा हालसम्म दुई आयोजना सम्पन्न भइसकेका छन् भने चार आयोजना निर्माण वा प्रक्रिया चरणमा छन्।

सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिसकेको छ। यसअघि पाँच वर्षअघि ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

हाल मध्यताराखोला मध्यदरम ‘ए’ आयोजना ६० प्रतिशत सम्पन्न भएको छ भने ४ मेगावाट क्षमताको दरम ‘ए’ आयोजनाको ४० प्रतिशत काम सकिएको सञ्चालक मिलन खतिवडाले जानकारी दिए। यस्तै, ३.५ मेगावाट क्षमताको तल्लो ताराखोला र ४.५ मेगावाट क्षमताको मध्यदरम ‘बी’ आयोजना प्रक्रिया चरणमा छन्।

ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले स्थानीय लगानीमा निर्माण भइरहेका आयोजनाले गाउँको आर्थिक विकासलाई नयाँ गतिको बाटोमा डोर्याउने बताए। गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि विद्युत् उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी र आत्मनिर्भरता बढ्ने उल्लेख गर्दै, “जलविद्युत् आयोजनाले हाम्रो गाउँको सामाजिक र आर्थिक उन्नतिमा ऐतिहासिक योगदान गर्नेछ,” भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय