२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगत वर्षको तुलनामा बढेको तथ्यांक सार्वजनिक भएपछि संरक्षणकर्मीहरू उत्साहित भएका छन्। नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) द्वारा सेप्टेम्बर ५–७ मा गरिएको गिद्ध गुँड अनुगमनमा यस वर्ष सक्रिय गुँडको सङ्ख्या १५५ पुगेको छ। गत वर्ष १४३ गुँड फेला परेको थियो।

यस वर्ष मात्रै कञ्चनपुरमा १२६ गुँड फेला परेका छन्, जबकि बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन्। कञ्चनपुर र डडेलधुरामा गुँड बढे पनि कैलाली र बैतडीमा भने केही कमी देखिएको छ। सुदूरपश्चिमलाई गिद्धको महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा लिइन्छ, जहाँ नौ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध र सेतो गिद्ध अति सङ्कटापन्न श्रेणीमा पर्छन्।

गणनामा संलग्न चराविज्ञ हिरूलाल डगौराका अनुसार यस वर्ष प्रदेशमा जम्मा ५७३ गिद्ध देखिएका छन्। तीमध्ये ४४२ डङ्गर, ९४ हिमाली, १४ सुन गिद्ध र अन्य केही दुर्लभ प्रजाति समावेश छन्। उनले भने, “गणनाले गिद्धको आधारभूत डाटाबेस निर्माण मात्र होइन, दीर्घकालीन संरक्षण रणनीति बनाउन पनि मार्गदर्शन गर्छ।”

गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ, किनभने उनीहरूले मरेका जनावरको सिनो खाएर वातावरणलाई प्रदूषणरहित राख्छन्। यसरी गिद्ध हैजा, झाडापखाला, क्षयरोग वा एनथ्राक्सजस्ता रोग फैलिनबाट रोकथाम गर्ने भूमिकामा पनि देखिन्छन्। संरक्षणकर्मी सुवन चौधरीका अनुसार गिद्ध अझै पनि संवेदनशील अवस्थामा छन्। उनले भने, “विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिले गिद्ध मृत्युदर बढाउने गरेको छ। त्यसैले यसको विकल्पलाई प्रोत्साहन गर्न र स्थानीय समुदायलाई सचेत बनाउन जरुरी छ।”

संरक्षणकर्मीहरूले गुँड सुरक्षित राख्ने, विषालु औषधि नियन्त्रण गर्ने, बासस्थान व्यवस्थापन गर्ने र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। गिद्धको बढ्दो सङ्ख्या उत्साहजनक भए पनि उनीहरूको दीर्घकालीन अस्तित्वका लागि निरन्तर र योजनाबद्ध संरक्षण अपरिहार्य रहेको उनीहरू बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय