२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगत वर्षको तुलनामा बढेको तथ्यांक सार्वजनिक भएपछि संरक्षणकर्मीहरू उत्साहित भएका छन्। नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) द्वारा सेप्टेम्बर ५–७ मा गरिएको गिद्ध गुँड अनुगमनमा यस वर्ष सक्रिय गुँडको सङ्ख्या १५५ पुगेको छ। गत वर्ष १४३ गुँड फेला परेको थियो।

यस वर्ष मात्रै कञ्चनपुरमा १२६ गुँड फेला परेका छन्, जबकि बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन्। कञ्चनपुर र डडेलधुरामा गुँड बढे पनि कैलाली र बैतडीमा भने केही कमी देखिएको छ। सुदूरपश्चिमलाई गिद्धको महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा लिइन्छ, जहाँ नौ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध र सेतो गिद्ध अति सङ्कटापन्न श्रेणीमा पर्छन्।

गणनामा संलग्न चराविज्ञ हिरूलाल डगौराका अनुसार यस वर्ष प्रदेशमा जम्मा ५७३ गिद्ध देखिएका छन्। तीमध्ये ४४२ डङ्गर, ९४ हिमाली, १४ सुन गिद्ध र अन्य केही दुर्लभ प्रजाति समावेश छन्। उनले भने, “गणनाले गिद्धको आधारभूत डाटाबेस निर्माण मात्र होइन, दीर्घकालीन संरक्षण रणनीति बनाउन पनि मार्गदर्शन गर्छ।”

गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ, किनभने उनीहरूले मरेका जनावरको सिनो खाएर वातावरणलाई प्रदूषणरहित राख्छन्। यसरी गिद्ध हैजा, झाडापखाला, क्षयरोग वा एनथ्राक्सजस्ता रोग फैलिनबाट रोकथाम गर्ने भूमिकामा पनि देखिन्छन्। संरक्षणकर्मी सुवन चौधरीका अनुसार गिद्ध अझै पनि संवेदनशील अवस्थामा छन्। उनले भने, “विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिले गिद्ध मृत्युदर बढाउने गरेको छ। त्यसैले यसको विकल्पलाई प्रोत्साहन गर्न र स्थानीय समुदायलाई सचेत बनाउन जरुरी छ।”

संरक्षणकर्मीहरूले गुँड सुरक्षित राख्ने, विषालु औषधि नियन्त्रण गर्ने, बासस्थान व्यवस्थापन गर्ने र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। गिद्धको बढ्दो सङ्ख्या उत्साहजनक भए पनि उनीहरूको दीर्घकालीन अस्तित्वका लागि निरन्तर र योजनाबद्ध संरक्षण अपरिहार्य रहेको उनीहरू बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय