२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपालका बन्धक विद्यार्थी विपिन जोशीको विषयले हाल अन्तर्राष्ट्रिय ध्यान खिचिरहेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूले प्रस्ताव गरेको २० बुँदे गाजा युद्धविराम योजना को यदि लागू हुने हो भने बन्धकहरूको अवस्थाबारे सार्वजनिक जानकारी दिने धारणा यस योजनामा समावेश गरिएको छ |

युद्धविराम प्रस्ताव अनुसार, यदि हमासले ७२ घण्टाभित्र इजरायली बन्दीहरू (जिउँदा वा मृत) र बन्धकहरूको नाम र विवरण सार्वजनिक गर्नेछ, त्यस्तै गाजामा रहेका बन्दीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरिने उल्लेख गरिएको छ। यसमा विपिन जोशी समेत समावेश रहने भनिएको छ |

यसै सन्दर्भमा, ट्रम्पले कडा चेतावनी दिएका छन्, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि हमासले नमानेको खण्डमा इजरायल आफैंले गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने र हमासका सबै हतियार हटाउने बताएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय