२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेपाली कांग्रेसले देशभरमा आपत्कालीन अवस्थाहरू र प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, डढेलो आदि बेला पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा सक्रिय हुन आह्वान गरेको छ। पार्टी केन्द्रिय कार्यालयले मंगलबार जारी एक सूचना मार्फत कांग्रेसका स्थानीय इकाईहरू र शुभेच्छुक सदस्यहरूलाई जनप्रतिस्थापनमा परिचालनका निम्ति तयार हुन समेत अनुरोध गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम निम्त्याउने संभावना भएकाले समयमै तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेका हुन् ।

पौडेलले गत वर्ष असोज १२ मा जनधनको ठूलो क्षति भएको र यस वर्ष भदौ २३-२४ को घटनाले देशलाई अझै मर्माहत बनाएको स्मरण गर्दै पुनः ठूलो विपद् दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा विपद् व्यवस्थापनका लागि सात बुँदे सतर्कता सुझाइएको छ । त्यसअनुसार यात्रुहरुलाई समयमै सूचना दिने, सरकारका निर्देशन पालना गर्ने, जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थलतर्फ सार्ने, पहाडी सडक मार्ग आवश्यक अवधिसम्मका लागि बन्द गर्ने, यात्रु तथा स्थानीयलाई सहजताका लागि स्थानीय तह र स्वयंसेवीलाई सक्रिय गर्ने, साधन–स्रोत तयारी अवस्थामा राख्ने र जोखिम क्षेत्रमा अन्य गतिविधि केही दिनका लागि स्थगित गर्ने जस्ता उपायहरुमा जोड दिइएको छ ।

सुदिप पौडेल
Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय