२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले देशभरमा आपत्कालीन अवस्थाहरू र प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, डढेलो आदि बेला पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा सक्रिय हुन आह्वान गरेको छ। पार्टी केन्द्रिय कार्यालयले मंगलबार जारी एक सूचना मार्फत कांग्रेसका स्थानीय इकाईहरू र शुभेच्छुक सदस्यहरूलाई जनप्रतिस्थापनमा परिचालनका निम्ति तयार हुन समेत अनुरोध गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम निम्त्याउने संभावना भएकाले समयमै तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेका हुन् ।

पौडेलले गत वर्ष असोज १२ मा जनधनको ठूलो क्षति भएको र यस वर्ष भदौ २३-२४ को घटनाले देशलाई अझै मर्माहत बनाएको स्मरण गर्दै पुनः ठूलो विपद् दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा विपद् व्यवस्थापनका लागि सात बुँदे सतर्कता सुझाइएको छ । त्यसअनुसार यात्रुहरुलाई समयमै सूचना दिने, सरकारका निर्देशन पालना गर्ने, जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थलतर्फ सार्ने, पहाडी सडक मार्ग आवश्यक अवधिसम्मका लागि बन्द गर्ने, यात्रु तथा स्थानीयलाई सहजताका लागि स्थानीय तह र स्वयंसेवीलाई सक्रिय गर्ने, साधन–स्रोत तयारी अवस्थामा राख्ने र जोखिम क्षेत्रमा अन्य गतिविधि केही दिनका लागि स्थगित गर्ने जस्ता उपायहरुमा जोड दिइएको छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय