२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

शुक्रबार रातिदेखि नै अविरल वर्षात भइरहेकाले ट्राफिक प्रहरी चितवनले नारायणगढ–मुग्लिनसडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ। तुइन खोलामा अहिले बाटो एकतर्फी छ। तर ढुंगा खस्न नरोकिएपछि शनिबार बिहानैबाट सवारी सञ्चालनमा रोक लगाइएको चितवन ट्राफिकले जानकारी दिएको हो।

‘तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई चितवनस्थित राजमार्गमा सवारी आवामन बन्द गरिएको छ,’ चितवन ट्राफिकले फेसबुकमा सूचना राख्दै भनेको छ।

सडक डिभिजन भरतपुरले पनि मुग्लिन–नारायणगढ सडक खण्डमा पानी परिरहेकाले जोखिम बढेको बताएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय