२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

हमासले १३ जना बन्धकहरूलाई छाडेको छ। केही बेरअघि बन्धकको अर्को समूहलाई हमासले रेडक्रसको जिम्मा लगाएको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

दोस्रो समूहमा छुटेका बन्धकहरूलाई रेडक्रसले इसराइल पुर्‍याइँदै छ।यसअघि पहिलो चरणा छाडिएका बन्धकहरूलाई भने परिवारले समेत भेट गरिसकेका छन्।परिवारसँग भेट गराइएपछि उनीहरूको स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइएको छ।

पहिलो चरणमा सात जना र दोस्रो चरणमा ६ जना बन्धकहरूलाई हमासले छाडेको हो।

ट्रम्पलाई इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्वागत गरेका थिए।अहिले उनी इसराइली संसद भवन पुगेका छन्। त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।उनी इसराइलबाट सिधै इजिप्ट जानेछन्। त्यहाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

गजाले बन्धकहरू छाड्न थालेपछि इसराइलले पनि जेलमा रहेका प्यालेस्टिनी कैदीहरु छाड्नका लागि बस चढाएर सीमानामा पुर्‍याएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय