२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

हमासले १३ जना बन्धकहरूलाई छाडेको छ। केही बेरअघि बन्धकको अर्को समूहलाई हमासले रेडक्रसको जिम्मा लगाएको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

दोस्रो समूहमा छुटेका बन्धकहरूलाई रेडक्रसले इसराइल पुर्‍याइँदै छ।यसअघि पहिलो चरणा छाडिएका बन्धकहरूलाई भने परिवारले समेत भेट गरिसकेका छन्।परिवारसँग भेट गराइएपछि उनीहरूको स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइएको छ।

पहिलो चरणमा सात जना र दोस्रो चरणमा ६ जना बन्धकहरूलाई हमासले छाडेको हो।

ट्रम्पलाई इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्वागत गरेका थिए।अहिले उनी इसराइली संसद भवन पुगेका छन्। त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।उनी इसराइलबाट सिधै इजिप्ट जानेछन्। त्यहाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

गजाले बन्धकहरू छाड्न थालेपछि इसराइलले पनि जेलमा रहेका प्यालेस्टिनी कैदीहरु छाड्नका लागि बस चढाएर सीमानामा पुर्‍याएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय