२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

१३ कात्तिक २०८२,

नेपाली कांग्रेसको संस्थापन पक्ष चुनाव अघि नियमित वा विशेष महाधिवेशनको लागि तयार नदेखिएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ ।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचनको तयारीमा लाग्नुपर्ने कारण देखाउँदै नियमित वा विशेष महाधिवेशन हुन नसक्ने जिकिर गरेका छन् ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको गर्नुपर्ने अडानमा छन् ।महाधिवेशनको काम र  संस्थापन पक्षका नेता डा. शेखर कोइराला नियमित महाधिवेशन सबैभन्दा उत्तम विकल्प भनिरहेका छन् ।

असोज २८ देखि सुरु भई ३० गतेबाट छलफलमा प्रवेश गरेको केन्द्रीय समिति बैठक १२ दिनका लागि स्थगित गरिएको थियो ।

सभापति देउवा नेतृत्वको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । दुई महामन्त्री वर्तमान समितिको कार्यकाल थप्न नहुने पक्षमा छन् । संस्थापन पक्ष देउवा नेतृत्वको समितिको अवधि थपेर चुनावी तयारीमा लाग्नुपर्ने निचोडमा छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय