१३ कात्तिक २०८२,
नेपाली कांग्रेसको संस्थापन पक्ष चुनाव अघि नियमित वा विशेष महाधिवेशनको लागि तयार नदेखिएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ ।
सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचनको तयारीमा लाग्नुपर्ने कारण देखाउँदै नियमित वा विशेष महाधिवेशन हुन नसक्ने जिकिर गरेका छन् ।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको गर्नुपर्ने अडानमा छन् ।महाधिवेशनको काम र संस्थापन पक्षका नेता डा. शेखर कोइराला नियमित महाधिवेशन सबैभन्दा उत्तम विकल्प भनिरहेका छन् ।
असोज २८ देखि सुरु भई ३० गतेबाट छलफलमा प्रवेश गरेको केन्द्रीय समिति बैठक १२ दिनका लागि स्थगित गरिएको थियो ।
सभापति देउवा नेतृत्वको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । दुई महामन्त्री वर्तमान समितिको कार्यकाल थप्न नहुने पक्षमा छन् । संस्थापन पक्ष देउवा नेतृत्वको समितिको अवधि थपेर चुनावी तयारीमा लाग्नुपर्ने निचोडमा छ ।
