२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा | लुम्बिनीले सेट गर्‍यो सम्मानजनक स्कोर विराटनगरलाई १३५ रनको चुनौती | एनपीएल क्वालिफायर–२ : विराटनगरले लुम्बिनीविरुद्ध बलिङ रोज्यो | देउवासँग भएको भेटको प्रभाव छिट्टै देखिन्छ : एमाले अध्यक्ष ओली |

तलब, भत्ता र सेवा सुविधामा समानताको मागसहित नर्सहरु एक महिनादेखि आन्दोलनमा उत्रिएपछि देशभरका अस्पताल र स्वास्थ्य सेवा प्रभावित भएका छन्।

निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत नर्सहरूले असोज १० गतेदेखि सुरु गरेको आन्दोलन अहिले पनि जारी छ। उनीहरूले सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूसरह पारिश्रमिक र सुविधा दिनुपर्ने माग राखेका छन्।

आन्दोलनको प्रभावले अस्पतालका दैनिक सेवा अवरुद्ध भएका छन् भने बिरामीहरू उपचारका लागि अन्यत्र धाउन बाध्य भएका छन्। कार्तिक १२ गतेदेखि नर्सहरूले हरेक दिन बिहान १० देखि १२ बजेसम्म सेवा बहिष्कार गर्दै विरोध प्रदर्शन गर्दै आएका छन्।

आन्दोलनमा सरकारी सेवाका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन्। उनीहरूको भनाइमा, स्वास्थ्य सेवा समान रूपमा सञ्चालन गर्न सबै नर्सहरूलाई समान तलब र सुविधा उपलब्ध गराउनुपर्छ। सरकारले अझै माग सम्बोधनका लागि ठोस कदम नचाले आन्दोलन अझ तीव्र हुने चेतावनी नर्स संघले दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय