२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

तलब, भत्ता र सेवा सुविधामा समानताको मागसहित नर्सहरु एक महिनादेखि आन्दोलनमा उत्रिएपछि देशभरका अस्पताल र स्वास्थ्य सेवा प्रभावित भएका छन्।

निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत नर्सहरूले असोज १० गतेदेखि सुरु गरेको आन्दोलन अहिले पनि जारी छ। उनीहरूले सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूसरह पारिश्रमिक र सुविधा दिनुपर्ने माग राखेका छन्।

आन्दोलनको प्रभावले अस्पतालका दैनिक सेवा अवरुद्ध भएका छन् भने बिरामीहरू उपचारका लागि अन्यत्र धाउन बाध्य भएका छन्। कार्तिक १२ गतेदेखि नर्सहरूले हरेक दिन बिहान १० देखि १२ बजेसम्म सेवा बहिष्कार गर्दै विरोध प्रदर्शन गर्दै आएका छन्।

आन्दोलनमा सरकारी सेवाका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन्। उनीहरूको भनाइमा, स्वास्थ्य सेवा समान रूपमा सञ्चालन गर्न सबै नर्सहरूलाई समान तलब र सुविधा उपलब्ध गराउनुपर्छ। सरकारले अझै माग सम्बोधनका लागि ठोस कदम नचाले आन्दोलन अझ तीव्र हुने चेतावनी नर्स संघले दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय