२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनको मिति निर्धारणमा दुईवटा फरक प्रस्ताव प्रस्तुत भएका छन्। संस्थापन पक्ष र इतर समूहबीच मिति र कार्यतालिकामा मतभेद जारी छ।

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी चैत २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरे। इतर समूहका तर्फबाट महामन्त्री गगन थापाले भने पुस १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गरे।

थापाको प्रस्तावअनुसार पुस ५ र ६ गते वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरी १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने योजना छ। जबकि यादवको प्रस्तावमा वडा अधिवेशनदेखि केन्द्रसम्मको सम्पूर्ण प्रक्रिया चैत महिनाभित्र सक्ने भनिएको छ।

मितिमा एकमत नहुँदा गत शुक्रबारदेखि स्थगित हुँदै आएको कांग्रेस बैठक आज पुनः बसेको हो। १५औं महाधिवेशनको तयारीलाई लिएर लामो समयदेखि नेताहरूबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेका छैनन्।

पार्टी स्रोतका अनुसार आजको बैठकमा दुवै प्रस्तावमाथि विस्तृत छलफल भइरहेको छ। सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचाररत रहेकाले अन्तिम निर्णय कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा हुने अपेक्षा गरिएको छ।

नेताहरूको भनाइमा, मिति टुंगो नलागेसम्म महाधिवेशन तयारी अघि बढ्न नसक्ने भएकाले यस बैठकलाई निर्णायक मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय