२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी शृंखलाको अन्तिम खेलमा नेपाल आज घरेलु टिम यूएईसँग भिड्दैछ। दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपालले यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा अमेरिका विरुद्ध १०६ रनले हार झेलेको नेपाल दोस्रो खेलमा यूएईसँग ५ विकेटले र तेस्रो खेलमा फेरि अमेरिकासँग ४ विकेटले पराजित भएको थियो। लगातारको हारपछि टोलीमा मनोबल घटेको देखिए पनि आज नेपालले सान्त्वना जित निकाल्ने लक्ष्य राखेको छ।

लिग २ को अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ, जसले २४ खेलबाट ३६ अंक जोडेको छ। नेपालले १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ भने यूएई ८ अंकका साथ पुछारमा रहेको छ।

आजको खेलमा नेपालको प्लेइङ ११ मा केही परिवर्तन हुने अपेक्षा गरिएको छ। हालसम्म खराब प्रदर्शन गरेका आरिफ शेखको स्थानमा अनिल साहलाई मौका दिन सकिने सम्भावना छ। त्यस्तै, स्पिन बलिङमा सुधार ल्याउन शाहब आलमले ललित राजवंशीको स्थान लिने अनुमान गरिएको छ।

नेपालका लागि आजको खेल केवल शृंखलाको अन्त्य होइन, मनोबल पुनः उठाउने अवसर पनि हो। लगातार हारपछि सन्तुलन फर्काउन जित अत्यावश्यक मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय