२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हालको सरकारबाटै खतरा रहेको दाबी गरेका छन्। उनले भदौ २३ गतेको जेन–जी आन्दोलन र त्यसपछिका घटनालाई योजनाबद्ध षड्यन्त्रको रूपमा चित्रण गर्दै अहिलेको सरकार आफैंले निर्वाचन गराउन नसक्ने बताए।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा ओलीले , “मबाट कुनै गल्ती वा कमी भएको छ भने माफी माग्छु, तर सरकार र केही तत्त्वहरूले मलाई हत्यारा देखाउने प्रयास गरेका छन्।”

उनका अनुसार आन्दोलनका क्रममा भएको गोलीकाण्डमा प्रधानमन्त्रीको सीधा आदेश नहुने र त्यसको जिम्मा सुरक्षासंरचनाले लिनुपर्ने बताउँदै आफूले तत्काल निष्पक्ष छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको बताए।

ओलीले हालको सरकारले निकोलस भुसालजस्ता अभियन्तालाई प्रयोग गरेर आफूविरुद्ध ‘दबाब सिर्जना गर्ने खेल’ चलाएको आरोप पनि लगाए। “केपी ओलीलाई गिरफ्तार गर भन्न उचालिन्छ, यसमा पनि सरकारकै भूमिका छ,” उनले भने।

सामाजिक सञ्जाल बन्द उनले स्पष्ट पार्दै , “हामीले दर्ता नगरी सञ्चालन गर्न रोकिएको मात्र हो, प्रतिबन्ध होइन। कर तिर्नु र जवाफदेही हुनुपर्ने कुरा हो।” ओलीले वाक् स्वतन्त्रता कहिल्यै रोक्न नहुने तर अराजकता र घृणाको प्रचार रोक्नुपर्ने धारणा दोहोर्‍याए।

गोलीकाण्डमा ज्यान गुमाएका परिवारप्रति सहानुभूति जनाउँदै ओलीले भने, “मैले हत्याको आदेश दिएको होइन। म अत्यन्तै दुःखी छु, यदि मेरो कुनै कमी भएको छ भने क्षमायाचना गर्छु।”

उनले आफूले सेनाको सुरक्षामा रहँदा पीडित परिवार भेट्न नपाएको बताउँदै “त्यो समयमा म जाँदा पनि घृणा र आवेशको वातावरण थियो,” भने।

अन्तर्वार्ताको अन्त्यमा उनले निष्पक्ष छानबिन हुनुपर्ने पुनः दोहोर्‍याउँदै भने, “यदि छानबिनले मलाई दोषी देखायो भने म कारबाहीका लागि तयार छु, तर ममाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित हुन्।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय