२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक महिनादेखि चलिरहेको भए पनि अझै निष्कर्षमा पुग्न सकेको छैन। असोज २८ गतेदेखि प्रारम्भ भएको बैठक आज पुनः बिहान ११:३० बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

बैठकमा पछिल्ला दिनहरूमा महामन्त्रीद्वय र नेताहरूबीच महाधिवेशनको मितिलाई लिएर तीव्र मतभेद देखिएको छ। पछिल्लो बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित ११ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।

विजयकुमार गच्छेदारले पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आवाज उठाए भने रमेश लेखकले विशेष महाधिवेशनमा जानु पार्टीका हितमा नहुने तर्क गरेका थिए। त्यस्तै जितजंग बस्नेतले “विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोज्दैछन्” भनेर आरोप लगाएका थिए।

उता, विमलेन्द्र निधि लगायतका नेताहरूले भने चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। अर्कोतर्फ, श्याम घिमिरेले संसद पुनःस्थापनाको तयारीमा जानुपर्ने सुझाव दिएका छन्।

कांग्रेसभित्र अहिले दुई धार स्पष्ट देखिएका छन् — एक पक्ष तत्काल महाधिवेशन गरेर त्यसको नेतृत्वमा चुनावमा जानुपर्ने बताउँछ भने अर्को पक्षले पहिले निर्वाचनमा केन्द्रित भएर पछि मात्र महाधिवेशन गर्ने पक्ष लिएको छ।

निर्णयमा पुग्न नसक्दा बैठक लाम्बिएको र नेताहरूबीच अविश्वास झन् बढ्दै गएको टिप्पणी पार्टी भित्रैबाट सुनिन थालेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय