२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

बुधबार एकैदिन ३० हजारभन्दा बढी नयाँ मतदाता दर्ता भएपछि नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० पुगेको निर्वाचन आयोगले जनाएको छ। बुधबार मात्रै ३० हजार ३७३ जना नयाँ मतदाता नामावलीमा थपिएका हुन्।

निर्वाचन आयोगका अनुसार, कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएकाले अन्तिम दिनमा नयाँ मतदाता थपिने क्रम तीव्र बन्नेछ। यसै क्रममा आयोगले आजदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता दर्ता प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। प्राविधिक तयारी र परीक्षण बुधबार रातिभर सम्पन्न गरिएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचन तयारीबारे छलफल गरेकी थिइन्। छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्रको विवरणको आधारमा मतदाता दर्ता प्रक्रिया सुरु हुने जानकारी गराएका थिए।

राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले भने, “राष्ट्रिय परिचयपत्र वितरणका क्रममा संकलित जैविक विवरण निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार छ, जसले मतदाता दर्तालाई अझ सहज बनाउनेछ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय