२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

विदेशमा बसेर पनि मताधिकार प्रयोग गर्न नपाएको गुनासो अब हट्ने संकेत देखिएको छ। सरकार विदेशमा रहेका नागरिकका लागि सम्बन्धित दूतावास तथा नियोगमै मतदान केन्द्र तोक्ने व्यवस्था गर्न अध्यादेशको तयारी अन्तिम चरणमा पुगेको छ। गृह मन्त्रालयले तयार पारेको मसौदा सरोकारवालामार्फत छलफलपछि अहिले कानुन मन्त्रालयमा छ, जहाँ आवश्यक परिमार्जनपछि मन्त्रिपरिषद् र राष्ट्रपतिबाट अनुमोदन प्रक्रियामा लैजानुपर्नेछ।

प्रस्तावित व्यवस्थाले विदेशमा रहेका र मतदाता नामावलीमा नाम समावेश भइसकेका नेपालीले समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउनेछन्। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार ‘आउट अफ कन्ट्री’ मात्र होइन, नेपालमै भए पनि आफ्नो निर्वाचन क्षेत्रमा नभएकालाई पनि मताधिकार सहज बनाउने तयारी भइरहेको छ। तर हालको मसौदामा फरक क्षेत्रका मतदाताबारे छुट्टै व्यवस्था भने समेटिएको छैन।

अध्यादेशले चार वटा ऐन संशोधन गर्नेछ—निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन। दूतावास तथा नियोगले मतदाता नामावली प्रमाणीकरण गर्ने र त्यहीँलाई मतदान केन्द्र बनाइने तयारी छ। त्यहाँ कार्यरत कर्मचारीलाई मतदान अधिकृत तोक्ने प्रस्ताव पनि अध्यादेशमा समावेश गरिएको छ।

सर्वोच्च अदालतले दशकअगाडि नै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन निर्देशन दिए पनि प्राविधिक कठिनाई भन्दै सरकारहरू पछि हट्दै आएका थिए। अहिले भने नयाँ सरकारको पहलसँगै अध्यादेश आउँदो सातासम्म अन्तिम रूप पाउने तयारीमा छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय