२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२३ कात्तिक २०८२,

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृहमन्त्रालयमा भेट भयो ।

करिब ४५ मिनेट भएको भेटवार्तामा विविध विषयहरूमा छलफल भए । आउँदो २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभाको चुनावदेखि शान्ति सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले बताएको छ । औपचारिक रुपमा मन्त्रालयले शान्ति सुरक्षा र चुनावी सुरक्षाका विषयमा छलफल भएको बताए पनि छलफलको अर्को केन्द्रमा थिए–दुर्गा प्रसाईं ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक प्रसाईं नयाँ दिल्लीबाट फर्केको पर्सिपल्ट नै (आइतबार) यसबारे गृहमन्त्रीले चासो राख्दै भारतीय राजदूतसँग छलफल गरेको गृह उच्च स्रोतले बतायो । ‘मन्त्रालयमा विविध विषयमा छलफल भयो । तर छलफलको मुख्य विषय दुर्गा प्रसाईंको भारत भ्रमण पनि हो,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो । दुर्गा प्रसाईं अहिले सुरक्षाकर्मीको निगरानीमै छन् ।

भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधै सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउंदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधै सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरेको मन्त्रालयले बतायो ।

भेटमा दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले व्यक्त गरेका थिए ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय