२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोग पुगेका धेरै समूह आवश्यक पाँच सय मतदाताको हस्ताक्षर संकलन गर्न नसक्दा दर्ता प्रक्रिया रोकिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दर्ताका लागि पाँच सय सदस्यको प्रतिबद्धतापत्र र नागरिकता/मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य छ। यही प्रक्रिया पूरा गर्न नसक्दा हाल २९ दल आयोगमा ‘स्टक’ अवस्थामा छन्।

पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार पाँच सय व्यक्तिको हस्ताक्षर नै प्रमाणित गराउन नसक्ने दलहरूले राष्ट्रिय तहमा संगठन चलाउन सक्ने विश्वसनीयता कम देखाएका छन्। उनका अनुसार धेरै दलले केन्द्रीय समितिका सदस्य र पदाधिकारीको सनाखतसमेत अझै पेस गर्न सकेका छैनन्।

दलका सामान्य सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगेर हस्ताक्षर सनाखत गराउनुपर्नेछ भने पदाधिकारीहरूले भने आयोगमै उपस्थित भएर सनाखत गर्नुपर्छ।

आयोगले दिएको विवरण अनुसार मंसिर ३ गतेसम्म राष्ट्र निर्माण दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले मात्र दर्ता प्रमाणपत्र पाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन कात्तिक ३० गतेभित्र निवेदन दिएको दलले मंसिर १० भित्र सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।

उज्यालो नेपाल पार्टीले साउन २७ गते निवेदन दिए पनि अहिले ३५९ जनाको मात्र सनाखत पूरा गर्न सकेको छ। स्वाभिमान पार्टीले कात्तिक ३० गते निवेदन दिएर चार दिनमै ४ सय हस्ताक्षर बुझाएको छ। त्यस्तै, पिपुल फर्स्ट पार्टीले सबै प्रक्रिया पूरा गर्दै दर्ता अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।

बाकी २१ दलको जिल्लास्तरीय सनाखतबारे कुनै विवरण आयोगमा आएको छैन। पहिले ५ हजार हस्ताक्षरको व्यवस्था भए पनि दलहरूले काल्पनिक नाम राख्ने समस्या बढेपछि यो संख्या घटाइएको थियो। तर आयोगसँग हस्ताक्षर र नागरिकता मिलान गर्ने सफ्टवेयर नभएकाले सदस्य दोहोरो वा अरू दलको भएको छुट्याउन कठिनाइ रहेको आयोग स्रोतको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय