२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

विराटनगर विमानस्थल बाहिर नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा गरिएको रातो रङ प्रहारको घटनापछि पक्राउ परेका युवाबारे विवरण सार्वजनिक भएको छ। घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ समितिका सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर रहेका छन्। दुुवै जना कांग्रेसभित्रको शेखर कोइराला समूहसँग नजिक मानिन्छन्।

बस्नेत इटहरीतर्फ ‘युवा जागरण अभियान’ कार्यक्रममा सहभागी हुन जाने क्रममा विमानस्थल गेट बाहिर रातो रङ मिसाइएको लोला प्रहार भएको थियो। भिडियोमा देखिएअनुसार चिया पसल नजिक बसेका दुईमध्ये एक युवक अचानक उठेर बस्नेत सवार गाडीमा लोला प्रहार गर्छन् भने अर्काले घटनाको पूरा दृश्य मोबाइलमा कैद गरिरहेका थिए।

घटना सार्वजनिक भएपछि नेविसंघका सभापति दुजाङ शेर्पाले संगठनको नाम दुरुपयोग गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखे, “रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन, जिम्मेवार कारबाही हुन्छ।”

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै युवालाई छुटाउन जेन–जी आन्दोलनसँग आबद्ध केही युवाहरु प्रहरी कार्यालयसमेत पुगेका थिए। तीमध्ये केही जेन–जी आन्दोलनका अगुवा मानिने सुधन गुरुङ समूह नजिक रहेको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय