२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हालसम्म अन्तर्राष्ट्रिय सहयोगबाट ४० करोड ७१ लाख अमेरिकी डलर (करीब ५८ अर्ब रुपैयाँ) प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार, प्राप्त रकमबाट हाल ४९ परियोजना सञ्चालनमा छन्, तर कुल आवश्यक रकमको एक प्रतिशतभन्दा कम मात्र जुटेको छ।

नेपालले द्विपक्षीय सहायता, बहुपक्षीय विकास बैंकको हरित जलवायु कोष , विश्व वातावरण सुविधा , अनुकूलन कोष र जलवायु लगानी कोषमार्फत सहयोग पाउँदै आएको छ। प्राप्त रकममध्येबाट १४ करोड ८३ लाख, विश्व वातावरण सुविधा बाट १० करोड ३० लाख, अनुकूलन कोषबाट ९५ लाख र जलवायु लगानी कोषबाट १५ करोड ३० लाख अमेरिकी डलर प्राप्त भएको छ।

अर्थ मन्त्रालयका तथ्यांक अनुसार नेपाललाई जलवायु परिवर्तन न्यूनीकरणका लागि १ खर्ब २१ अर्ब १२ करोड अमेरिकी डलर आवश्यक छ । यसमध्ये १२ अर्ब ३२ करोड अमेरिकी डलर आन्तरिक स्रोतबाट र १ खर्ब ८ अर्ब ८३ करोड अमेरिकी डलर बाह्य स्रोतबाट जुटाउने योजना रहेको छ।

विशेषज्ञहरूले नेपालका हिमाली क्षेत्र, कृषि, ऊर्जा, स्वास्थ्य र पूर्वाधारमा जलवायु परिवर्तनको प्रभाव अत्यधिक देखिएको बताएका छन्। विश्वव्यापी तापक्रम वृद्धिले वर्षामा असमानता, खडेरी, उत्पादन घटबढ र ऊर्जा संकट निम्त्याएको उल्लेख गरिएको छ।

नेपालले जलवायु परिवर्तनलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय प्रारूप, क्योटो प्रोटोकल र पेरिस सम्झौता २०१५ जस्ता अन्तर्राष्ट्रिय समझौतामा सहभागिता जनाउँदै आएको छ। साथै, वार्षिकसम्मेलनमार्फत २०३५ सम्म जलवायु वित्तको वार्षिक रकम ३ सय अर्ब अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता भएको छ।

नेपालले पाएको रकम कुल आवश्यक रकमको थोरै मात्र भएकाले जलवायु अनुकूलन र हरित परियोजनाको विस्तारमा अझ बढी अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय