२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज मागुवोहर्जो रङ्गशालामा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे सुरु हुनेछ।

यो नेपाल र इन्डोनेसियाबीचको दोस्रो भेट हो। समूह ‘ए’ मा रहेको नेपाली टोलीले यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा इन्डोनेसियालाई २–१ ले हराएको थियो।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले खेलअघि भने, “हाम्रो टोली शारीरिक र मानसिक रुपमा पूर्ण तयार छ, हामी आजको खेल जितका लागि मैदानमा उत्रनेछौँ।” नेपाली टोलीको कप्तान सावित्रा भण्डारी (साम्बा) ‘इन्जुरी’का कारण आज उपस्थित हुने छैनन्। उनको स्थानमा रस्मीकुमारी घिसिङ खेलाउने निर्णय गरिएको छ।

कप्तानको भूमिकामा आज अञ्जिला तुम्बापो (सुब्बा)ले टोलीको नेतृत्व गर्नेछिन्। उनले टोली मानसिक रूपमा तयार रहेको र जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रने बताइन्।

नेपाल महिला टोलीले गत महिना भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा पनि सहभागिता जनाएको थियो। त्यहाँ नेपालले भारतलाई हराउँदै जीत हासिल गरेको थियो भने इरानसँग पराजय भोगेको थियो।

यस त्रिदेशीय प्रतियोगितामा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन्। प्रतियोगिता मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय