२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा देखिएको ‘नेपोबेबी’ विवाद चर्किएपछि ठूलो सफाइ अभियान चलाएकी छन्। क्षमता भन्दा नाताको बलमा भएको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि उनले २० सदस्यीय सचिवालय घटाएर ६ जनामा सिमित गरेकी हुन्। तर सबैभन्दा धेरै प्रश्न उठाइएको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई भने उस्तै राखिएको छ, जसले निर्णयलाई अझै विवादास्पद बनाएको छ।

सर्वोच्च अदालतमा करारबाट प्रवेश गरेका कम्प्युटर इन्जिनियर आदर्श श्रेष्ठ अदालतमै विवादित छवि भएका व्यक्तिमध्ये मानिन्छन्। नासु तहबाटै आएका उनलाई प्रधानमन्त्री कार्कीले अत्यन्तै महत्वपूर्ण पदमा पुर्‍याएका कारण सुरु देखिनै शंका र असन्तुष्टि बढेको थियो।

यसबीच आदर्शले सचिवालयमै आफ्नी श्रीमतीसहित नातेदारहरूलाई नियुक्त गरेको विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीमाथि नेपोबेबीको संरक्षण गरेको आरोप झनै बढेको थियो। विशेषगरी जेनजी समूहसहित सामाजिक मिडियामा आएको तीव्र प्रतिवादपछि प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीपरिषद् कार्यालयले सचिवालयका १४ जनालाई हटाएको छ।

नयाँ संरचनाअनुसार सचिवालयमा मुख्य सल्लाहकारमा अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिना, प्रेस संयोजकमा रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) मा केशव थापा र अवैतनिक जनस्वास्थ्य विज्ञमा डा. मनबहादुर केसी छन्। आदर्शकुमार श्रेष्ठले भने प्रमुख स्वकीय सचिवको भूमिका निरन्तर पाएका छन्।

हालको निर्णयसँगै आदर्शकी श्रीमती संगीता श्रेष्ठको जागिरसमेत गएको छ। उनी स्वकीय सहसचिव पदमा सहसचिव सरह सुविधा पाउँदै आएकी थिइन्। साथै कमला श्रेष्ठ, अरुण कटुवाल, प्रदीप ज्ञवाली, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्टि डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ र मिरा अधिकारी हटाइएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय