२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कांग्रेसभित्र जेनजी आन्दोलनपछि सुरु भएको महाधिवेशन समय र प्रक्रिया सम्बन्धी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विवाद समाधानमा पर्याप्त पहल गर्न नसकेपछि देउवाले प्रत्यक्ष छलफल र बहसमा जुटेर पार्टीभित्र सहमति निकाल्ने प्रयास सुरु गरेका हुन्।

विशेष महाधिवेशन र नियमित महाधिवेशनका बारेमा फरक–फरक धारणा सार्वजनिक भएपछि पार्टीमा विवाद चर्किएको थियो। यसैबीच, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरेपछि वैधानिकतासम्बन्धी प्रश्नहरू उठेका छन्।

सभापति देउवाले पार्टीभित्र एकताको विषयलाई ध्यानमा राख्दै औपचारिक र अनौपचारिक दुबै तहमा संवाद जारी राखेका छन्। उनले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा–शर्मा र संस्थापन पक्षका चर्चित नेताहरूसँग विस्तारित छलफल गर्दै पार्टीभित्र बढ्दो अविश्वास, टकराव र ध्रुवीकरण अन्त्यतर्फ पहल थालेका छन्।

कांग्रेसमा संस्थापन–इतर समूहबीचको दूरी घटाउने प्रयासको रूपमा देउवाको यो सक्रियता महत्वपूर्ण मानिएको छ। पार्टी स्रोतका अनुसार महाधिवेशनको समय, प्रक्रियागत विवाद र शक्ति समीकरणका कारण निकासको स्पष्ट समय नतोकिएको भए पनि सभापति देउवाको पहलले चाँडै सहमतिको बाटो खुल्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय