२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

कांग्रेसभित्र जेनजी आन्दोलनपछि सुरु भएको महाधिवेशन समय र प्रक्रिया सम्बन्धी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विवाद समाधानमा पर्याप्त पहल गर्न नसकेपछि देउवाले प्रत्यक्ष छलफल र बहसमा जुटेर पार्टीभित्र सहमति निकाल्ने प्रयास सुरु गरेका हुन्।

विशेष महाधिवेशन र नियमित महाधिवेशनका बारेमा फरक–फरक धारणा सार्वजनिक भएपछि पार्टीमा विवाद चर्किएको थियो। यसैबीच, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरेपछि वैधानिकतासम्बन्धी प्रश्नहरू उठेका छन्।

सभापति देउवाले पार्टीभित्र एकताको विषयलाई ध्यानमा राख्दै औपचारिक र अनौपचारिक दुबै तहमा संवाद जारी राखेका छन्। उनले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा–शर्मा र संस्थापन पक्षका चर्चित नेताहरूसँग विस्तारित छलफल गर्दै पार्टीभित्र बढ्दो अविश्वास, टकराव र ध्रुवीकरण अन्त्यतर्फ पहल थालेका छन्।

कांग्रेसमा संस्थापन–इतर समूहबीचको दूरी घटाउने प्रयासको रूपमा देउवाको यो सक्रियता महत्वपूर्ण मानिएको छ। पार्टी स्रोतका अनुसार महाधिवेशनको समय, प्रक्रियागत विवाद र शक्ति समीकरणका कारण निकासको स्पष्ट समय नतोकिएको भए पनि सभापति देउवाको पहलले चाँडै सहमतिको बाटो खुल्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय