२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले राजनीतिक परिवर्तनका लागि अब टुटफुट होइन, सहकार्य र एकताले मात्र परिणाम दिन सक्ने बताएकी छन्। रास्वपासँग औपचारिक रूपमा एकता घोषणा गरेपछि बोल्दै उनले विगतका गल्ती र विभाजनले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा ‘जुटेर अघि बढ्ने’ प्रतिबद्धता दोहोर्याइन्।

उनका अनुसार विवेकशील साझा पार्टी र रास्वपाबीचको एकता सहज र स्वाभाविक रूपमा बनेको हो। ‘‘बहु टुटफुटको अनुभवले हामीलाई मिलेर काम गर्नुपर्छ भन्ने बुझाइ दियो,’’ उनले भनिन्, ‘‘यहाँ आउँदा भाँडभैलो हुन्छ कि भन्ने आशंका पनि थियो, तर अवस्था त्यसरी नबिग्रिने विश्वास अब स्पष्ट भएको छ।’’

दर्शनाले वैकल्पिक राजनीतिक शक्तिलाई सत्तामा पुर्‍याउन संगठनभित्रका सबैलाई एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिइन्। उनका अनुसार अब आउने निर्वाचन रास्वपाका लागि निर्णायक हुने भएकाले पार्टी कार्यकर्ताले बहुमत ल्याउने लक्ष्यसहित जुटनुपर्नेछ।

‘‘हामी बिलाउन होइन, मिलाउनका लागि आएका हौं,’’ उनले थपिन्, ‘‘देशले नयाँ विकल्प खोजिरहेको छ, त्यसैले आगामी चुनावमा वैकल्पिक शक्तिले अग्रता लिनैपर्छ।’’

उनले रास्वपाको नेतृत्वमा ‘जुटको राजनीति’ बलियो रूपमा अघि बढे मात्र देशमा आवश्यक सुधार र परिवर्तन सम्भव हुने दाबी गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय