२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

विवेकशील साझाका वरिष्ठ नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भइरहेको एकता प्रक्रियाबाट आफू अलग रहने निर्णय सार्वजनिक गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत पाण्डेले दुई पार्टीबीचको एकीकरणमा सहभागी नहुने स्पष्ट गर्दै, एकता प्रयासमा लागेको सबैलाई शुभकामना भने दिएका छन्।

उनले लेखे, विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएका साथीहरूलाई शुभकामना। तर म यो प्रक्रियामा सामेल छैन।”

पाण्डेले आगामी केही समय आफू राजनीतिक रूपमा मौन रहने संकेत पनि दिए। ‘कुलिङ पिरियड’ लिएपछि नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गर्दै उनले आजदेखि आफू ‘स्वतन्त्र’ भएको टिप्पणी गरे।

यस्तै, उनले विवेकशील पनि अब ‘स्वतन्त्र’ भएको उल्लेख गर्दै आगामी यात्रामा नयाँ मोड आउने संकेत दिए।

यसैबीच, आजै दिउँसो रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा सभागृहमा औपचारिक रूपमा एकीकरण कार्यक्रम तय भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय