२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

विवेकशील साझाका वरिष्ठ नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भइरहेको एकता प्रक्रियाबाट आफू अलग रहने निर्णय सार्वजनिक गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत पाण्डेले दुई पार्टीबीचको एकीकरणमा सहभागी नहुने स्पष्ट गर्दै, एकता प्रयासमा लागेको सबैलाई शुभकामना भने दिएका छन्।

उनले लेखे, विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएका साथीहरूलाई शुभकामना। तर म यो प्रक्रियामा सामेल छैन।”

पाण्डेले आगामी केही समय आफू राजनीतिक रूपमा मौन रहने संकेत पनि दिए। ‘कुलिङ पिरियड’ लिएपछि नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गर्दै उनले आजदेखि आफू ‘स्वतन्त्र’ भएको टिप्पणी गरे।

यस्तै, उनले विवेकशील पनि अब ‘स्वतन्त्र’ भएको उल्लेख गर्दै आगामी यात्रामा नयाँ मोड आउने संकेत दिए।

यसैबीच, आजै दिउँसो रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा सभागृहमा औपचारिक रूपमा एकीकरण कार्यक्रम तय भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय