२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले गत चैत १५ गते तीनकुनेको भीषण आगलागी घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। समाचार संकलनका क्रममा कर्तव्यनिष्ठाकै बीच वीरगति प्राप्त गरेका रजकलाई औपचारिक रूपमा राष्ट्रिय सम्मान प्रदान गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रजकलाई सहिद सूचीमा समावेश गर्ने निर्णय सार्वजनिक गरे।

एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रूपमा कार्यरत रजक तीनकुनेस्थित आगलागी भएको भवनभित्रबाट प्रत्यक्ष रिपोर्टिङ गर्दै गर्दा घाइते भएका थिए। उपचारका क्रममा उनको निधन भएको थियो।

सरकारको यस निर्णयलाई पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूले ‘कर्तव्यमा समर्पित एक पत्रकारप्रति राज्यको आधिकारिक श्रद्धाञ्जली’ को रूपमा लिएका छन्। रजकको योगदान स्मरणीय रहोस् र पत्रकार सुरक्षाको विषय अब अझै गम्भीरतापूर्वक उठोस् भन्ने अपेक्षा पनि व्यक्त गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय