नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यसहित सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ।
बैठकको मुख्य एजेन्डा कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्नु रहेको छ। उपाध्यायको आइतबार बिहान उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको थियो।
स्वर्गीय उपाध्याय मोरङ क्षेत्र नम्बर–१ (हाल क्षेत्र नम्बर–२) बाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसको संगठन विस्तार र संसदीय राजनीतिमा उनको योगदान स्मरण गर्दै पार्टीले औपचारिक रूपमा श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
