२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पतञ्जली जग्गा अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको उजुरी, मुद्दा चलाउने निर्णय र सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा दर्ता गर्ने क्रममा तयार गरिएका सबै फाइल, उजुरी तथा सरकारी साक्षीहरूको विवरण विशेष सरकारी वकिलको कार्यालयमार्फत पेस गर्न निर्देशन दिएको छ।

आदेशमा २०६९ साल मंसिर २५ गते पतञ्जलीसम्बन्धी निर्णयका कागजातसमेत झिकाउन भनिएको छ। साथै प्रतिवादी पक्षलाई पनि आफ्ना साक्षी प्रस्तुत गर्न निर्देशन दिइएको छ।

विशेष अदालतले आवश्यक कागजात र प्रमाण प्राप्त भएपछि मात्र यस प्रकरणको थप सुनुवाइ अघि बढ्ने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय