२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले) को ११औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी रहँदा चुनावी माहोल थप तातिएको छ। पार्टीभित्र दुई प्यानलबीच कडा प्रतिस्पर्धा चलिरहँदा नेतादेखि कलाकारसम्म आ–आफ्ना उम्मेदवारको समर्थनमा सक्रिय देखिएका छन्।

यसै क्रममा गायिका तथा मोडल ज्योति मगर पनि महाधिवेशनस्थलमा उपस्थित भएकी छन्। मतदानकै दिन उनी भृकुटीमण्डप पुगेर एमालेका अध्यक्ष उम्मेदवार तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तस्बिर खिचाउँदै देखिइन्। उक्त तस्बिरहरू महाधिवेशनस्थलमै रहेका नेता–कार्यकर्ता र समर्थकहरूले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

तस्बिर : ओली सचिवालय

ज्योति मगरको उपस्थितिले महाधिवेशनमा थप चासो पैदा गरेको छ। उनी चर्चित कलाकार भए पनि उनका केही गीत तथा अभिनय शैलीलाई लिएर यसअघि आलोचना पनि हुँदै आएको छ।

तस्बिर : ओली सचिवालय

एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हाल मतदान प्रक्रिया जारी छ। भृकुटीमण्डपमा विद्युतीय मतदान प्रणालीमार्फत १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। यसका लागि ६४२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने २ हजार २६३ प्रतिनिधिले मतदान गरिरहेका छन्।

पार्टी अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने छन्। मतदान जारी रहँदा महाधिवेशनस्थलमा उम्मेदवारका समर्थकहरूको प्रचारप्रसार पनि जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय