२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेको १९ सदस्यीय पदाधिकारी टिम निर्वाचित हुँदा महिला प्रतिनिधित्व न्यून देखिएको छ। नयाँ नेतृत्वमा एक जना मात्रै महिला पदाधिकारी चयन भएकी छन्। सचिव पदमा निर्वाचित पद्मा अर्याल पार्टीको पदाधिकारी तहमा पुग्ने एकमात्र महिला बनेकी हुन्।

अर्यालले सचिव पदमा १ हजार ५ सय ३० मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उम्मेदवार बनेकी थिइन्। यसअघि पनि सचिवको जिम्मेवारी सम्हालिसकेकी अर्यालले पुनः सोही पदमा निरन्तरता पाएकी हुन्। यसपटक एमालेकी वरिष्ठ नेतृ तथा पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने कुनै पनि पदमा उम्मेदवार बनेकी थिइनन्।

पदाधिकारी तहका लागि यसपटक जम्मा तीन जना महिला नेतृहरू चुनावी प्रतिस्पर्धामा थिए। उपाध्यक्ष पदमा उम्मेदवार बनेकी बिन्दा पाण्डे र सचिव पदमा उम्मेदवार बनेकी रचना खड्का पराजित भएका छन्। दुवै नेतृ ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।

निर्वाचन परिणामअनुसार १९ सदस्यीय पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १७ जना ओली समूहबाट निर्वाचित भएका छन्। अर्का अध्यक्ष प्रत्यासी ईश्वर पोखरेल समूहबाट भने उपाध्यक्ष गोकर्णराज विष्ट र उपमहासचिव योगेश भट्टराई पदाधिकारीमा निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्—

अध्यक्ष
• केपी शर्मा ओली

उपाध्यक्ष (५ जना)
• पृथ्वी सुब्बा गुरुङ
• विष्णुप्रसाद पौडेल
• रामबहादुर थापा ‘बादल’
• गोकर्णराज विष्ट
• रघुजी पन्त

महासचिव
• शंकर पोखरेल

उपमहासचिव (३ जना)
• लेखराज भट्ट
• रघुवीर महासेठ
• योगेश भट्टराई

सचिव (९ जना)
• महेश बस्नेत
• पद्माकुमारी अर्याल
• छविलाल विश्वकर्मा
• शेरधन राई
• हिक्मतकुमार कार्की
• खगराज अधिकारी
• यमलाल कँडेल
• राजन भट्टराई
• भानुभक्त ढकाल

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय